काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टीको १० औँ पुनर्गठन दिवसको अवसरमा नवौं महाधिवेशनले पारित गरेको निर्णय अनुसार बिहीबार काठमाडौ १ नम्बर जिल्लाले बेदुराम र परशुरामलाई सम्मान गरेकाे छ ।
नेकपाले पुराना तथा कम्युनिस्ट आन्दोलनका व्यक्तित्वहरुलाई विभिन्न कार्यक्रमको आयोजना गरि सम्मान गर्ने निणर्य अनुरूप सम्मान गरिएको युवा संगठन नेपाल उपत्यका ब्यूरो ईन्चार्ज अनिल सी ले वताएका हुन् ।
सम्मानित गरिएका प्रशुराम सी बिगत ३६ साल देखि कम्युनिस्ट आन्दोलनमा निरन्तर लागिरहेका र हाल काठमाडौ जिल्ला समिति सहल्लाकारको भूमिकामा रही काम गरिरहेका छन् । भने बेदुराम सी पनि लामो समय देखि कम्युनिस्ट आन्दोलन खटिरहेका व्यक्ति हुन् ।
सम्मान कार्यक्रम पार्टी पिबिएम माईला सी, केन्द्रिय सदस्य तथा काठमाडौं १ नम्बर जिल्ला ईन्चार्ज भिकुटी सी ,केन्द्रिय प्रतिनिधि सदस्य तथा युवा संगठन नेपाल उपत्यका ब्यूरो ईन्चार्ज अनिल सी ,केन्द्रिय प्रतिनिधि सदस्य गोपाल सी , काठमाडौ १ नम्बर जिल्ला सेक्रेटरी दिपक सी ,लगायत नेता कार्यकर्ता उपस्थितिमा दोसला वडाएर समान गरिएको थियो ।