१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

थाहा आन्दोलनका सेक्रेटरी बिस्टलाई नेकपा भक्तपुर द्वारा सम्मान

कुशल वोगटी

भक्तपुर – नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति भक्तपुरले पुराना कम्युनिस्ट नेता नवीन बिस्टलाई सम्मान गरेको छ । पार्टीले १०औं पार्टी पुनर्गठन दिवसको अवसरमा विष्टलाई लाई सम्मान गरेको हो ।

बिहीबार भक्तपुरको कौशलटार स्थित पार्टी जिल्ला कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पुराना कम्युनिस्ट नेता नवीन बिस्टलाई सम्मान गरिएको हो । नेकपा केन्द्रीय सदस्य अखिल सी , अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव कुशल सीले दोसल्ला  ओढाएर सम्मान गरेका थिए ।

२०३६ सालको विद्यार्थी आन्दोलनवाट राजनिती
सुरुगरेका बिस्ट रुपलालले नेतित्व गरेका थाहा आन्दोलनका सेक्रेटरी भुमिका निर्वाह गरि सकेका पूरा कम्युनिस्ट नेता हुन् । हाल नेकपाम्युनिस्ट पार्टीमा आबद्ध भएका नेता बिस्ट उपत्यका ब्युरो अन्तरगतका स्वास्थ्य विभागको प्रमुख भई काम गरिरहेका छन् ।

भक्तपुरको सिरुटारमा जन्मिएका विस्ट अहिले पनि उतिकै उर्जाका साथ आन्दोलनमा निरन्तर लागि रहेका छन् । सम्मान पछि बिस्टले नेपाल कम्युनिस्ट क्रान्तिकारीहरु निरन्तर परीर्वतनको पक्षमा लागिरहनु पर्ने र लागिरहन सल्लाह दिएका थिए । साथै उनले पछिल्लो समयमा जनयुद्ध लगायतका आन्दोलन वाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा वढेको भन्दै क्रान्तिकारीहरु चनाखो बन्नु पर्ने धाराण राखेका थिए ।

नेकपाले पार्टी स्थापना दिवसको अवसरमा पार्टीले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सोही अवसरमा बिहीबार पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा जिल्ला सेक्रेटरी रत्न सी,लगाए जिल्ला पार्टी सदस्यहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?