५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

कञ्चनपुरको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

कञ्चनपुर, मंसिर ७ : कञ्चनपुरको एक क्रसर उद्योगलाई आन्तरिक राजस्व कार्यालयले सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान गरिएको हो ।

बिहीबार आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले १२ औँ कर दिवसको अवसरमा सद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान गरिएको जनाएको छ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले जिल्लाभरीका आयकरदाता मध्ये सबैभन्दा बढि आयकर तिर्ने सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत गोलि प्रशाद शर्मा, निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले हस्ताक्षर गरेको सम्मान पत्रमा आर्थिक बर्ष ०७८÷०७९मा सबैभन्दा बढि आयकर दाखिला गर्ने भन्दै सम्मान गरिएको छ ।

कार्यक्तमका प्रमुख अतिथि समेत रहेका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका संचालक तेज बहादुर चन्दलाई दोसल्ल्ला ओढाएर प्रमाण पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका संचालक तेज बहादुर चन्दले उद्योगले तिरेको करको मुल्याङकन गर्दै सम्मान गरेकोप्रति आभार प्रकट गरेका छन । सुदूरका उद्यमी समेह रहेका सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका संचालक तेज बहादुर चन्दले व्यवसाय संगसंगै राष्ट्रको पुँजि निर्माणका लागि ईमान्दारितापुर्वक कर तिनुपर्नेमा जोडदिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?