८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

६५ वर्षीय नारुदेवी जोशीको हत्या गर्ने व्यक्ति पक्राउ

कञ्चनपुर , मंसिर ०७ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ शान्तिपुर बस्ने ६५ बर्षिया नारुदेवी जोशीको हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ। हत्याराहरु नै लागू औषध सेवनकर्ता तथा चोरीमा संलग्न व्यक्तिहरुको रहेको समेत कञ्चनपुर प्रहरीको अनुसन्धानबाट खुल्नमा आएको छ । गत कार्तिक १९ गते ६५ वर्षीय जोशीको शुक्लाफाँटा नगरपालिका ७ का महेश डगौराले हत्या गरेको जिप्रका कञ्चनपुरले बिहीबार पत्रकार सम्मेलन गर्दै खुलासा गरेको छ ।

नारुदेवीको घर छेउमै रहेको जंगलमा घाँस काट्न गएको मौका पारी हत्या गरेको प्रहरीले जनाएको छ भने सोही दिन डगौराले एक भारतीय नागरिकबाट समेत २ सय ५० रुपैया लुटपाट गरेका थिए । आपराधिक पृष्ठभूमि रहेको डगौराले नै जोशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले बताए । थापाका अनुसार जोशीलाई घाँस काट्न गएको मौका फेला पारी गहना लुटपाट गर्ने मनसायका साथ हत्या गरेको उनले स्वीकार गरिसकेका छन् । महेश डगौराले नै १४ कार्तिकमा झलारीका महेश भट्टको साईकल पनि चोरेका थिए । ‘हत्या गरेकै दिन महेशले बोराडाँडी भाटभटेनी नजिक एलएक्स क्लबका संचालक कैलाली गाँउका लक्ष्मण चौधरीको डेरामा गएर सुनबिक्रिका लागि छलफल गरेको देखिन्छ, ‘एसपी थापाले भने, ‘कान, नाकका लगाका तीन थान गहना तीन पसलमा बेचेको देखियो ।’

महेश २० कार्तिकमै धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बई ब्याङलोर भागेका थिए । प्रहरीले विभिन्न व्यक्तिसंग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर १ मंसिरमा पक्राउ गरेको थियो । सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीसंग सोधपुछ गर्दा धनगढी स्थित ईन्द्र बराल(सुनार)ले संचालन गरेको न्यू बर्दादेवी सुनचाँदी पसल, खगेन्द्र बहादुर सोबले संचालन गरेको दिया सुनचाँदी पसल र दिपेन्द्र सिजापतीले संचालन गरेको सुजल सुनचाँदी पसलमा बिक्रि गरेको खुलेको हो । लक्ष्मण चौधरीले आफ्नो साथी निरज भट्टलाई सुन बिक्रिका लागि तीनै पसलमा लगेका थिए । तीनै पसलमा ४६ हजारको सुन बेचेका थिए । १.५० आनाको फुली,१.६९को मुन्द्रा र २.७००को अर्को मुन्द्रा लुटपाट भएको थियो ।

नारुदेवीको हत्यारा महेश डगौराले सहकर्मी लक्ष्मण चौधरी, निरज भट्टलाई सुन बिक्रिका लागि पठाएकोमा प्रहरीले निज व्यक्तिलाई पनि घटनाको मतियार बनाएर मुद्दा चलाएको छ ।

कञ्चनपुर प्रहरीले जोशीको हत्यारा महेश डगौरा सहित मतियार बनेका सुनबेच्न जाने लक्ष्मण चौधरी, निरज भट्ट र लुटपाटको सुन गैर कानुनी ढंगले खरिद गर्ने सुन व्यवसायी ईन्द्र बहादुर बराल, खगेन्द्र सोब र दिपेन्द्र सिजापतीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?