३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

चौलोले प्रख्यात डडेल्धुराको बडाल जाँत आज राति

डडेल्धुरा : चौलोले प्रख्यात डडेल्धुराको बडाल जाँत आज राति रतेडी र भोली दिउसेडी हुने भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत भोलि हुन लागेको हो ।
सुदूरपश्चिमकै सबैभन्दा बढी दाइन, दमाहा र भोक्कर बजाइने मेलाका रूपमा समेत बडाल जाँत प्रसिद्ध रहेको छ ।
आज राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन (भोलि) बिहानदेखि मेला लाग्ने गर्छ । बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार नचाउने गरेका छन् ।

दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुनेगर्छ ।

लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ ।

मेला भर्नका लागि गन्यापधुरा गाउँपालिकासहित अन्य स्थानिय तह र कैलाली, कञ्चनपुर, बैतडी, डोटी तथा भारतको उत्तराञ्चल प्रदेशबाट समेत भक्तजन जाने गरेका छन् ।

मेलामा आफ्न्तहरुले भेटघाट गर्दै आफ्ना सुखदुःखका कुरा साटासाट हुनेगर्छ । मेलामा स्थानीय स्तरमा उत्पादित बस्तु र कृषि उपजको व्यापारसमेत हुने गर्दछ ।

मेलामा इन्सपेक्टरको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटाइने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?