बूढानिलकण्ठ सहित तीन पालिकाले भोलि स्थानीय बिदा दिने


बुढानिकण्ठ।
बूढानिलकण्ठ सहित झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिने भएका छन्। हरिबोधिनी एकादशी (तुलसी विवाह) का अवसरमा काठमाडौँको बूढानिलकण्ठ नगरपालिका सहित झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिएका छन्। कचनकवल गाउँपालिकाले भने पर्सी शुक्रबार बिदा दिएको हो ।

आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वका अवसरमा काठमाडौँको बूढानिलकण्ठ नगरपालिका,भद्रपुर नगरपालिका,बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा दिएका हुन्। कचनकवलले एकादशी सकिएको भोलिपल्ट बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ ।

स्थानीय बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?