१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

दुर्गा प्रसाईंसँग जाेडिएका असान्दर्भिक भिडिओ सामाजिक सञ्जालबाट हटाउन आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले एक विज्ञप्ती मार्फत मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंसँग जाेडिएका सामग्रीसहित असान्दर्भिक तथा अश्लील भिडिओ युट्युब तथा अन्य सामाजिक सञ्जालका माध्यममा राख्ने विभिन्न मिडिया तथा युट्युब च्यानललाई सम्बन्धित प्लेटफर्मबाट हटाउन निर्देशन दिएको छ । बुधवार विज्ञप्ति जारी गर्दै काउन्सिलले त्यस्ता भिडिओ सामग्री हटाउन निर्देशन दिएको हो ।

“राजनीतिक दल, समूह एवं सामाजिक अभियन्ता समूहबाट हुने भनिएको प्रदर्शनीको विषयलाई लिएर एकपक्षीय सामग्रीलाई प्रश्रय दिई प्रायोजित एवं एकोहोरो रूपमा जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषा शैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने किसिमबाट सामग्री सम्प्रेषण भई आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ,” काउन्सिलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यस किसिमका सामग्री सम्प्रेषण हुनु प्रचलित कानून एवं पत्रकारिता आचारसंहिता विपरीत कार्य भएको काउन्सिलको ठहर छ । काउन्सिलका अनुसार पछिल्लो समय यस्ता सामग्री प्रकाशन/प्रसारण भएकोबारे कार्यालयमा गुनासो तथा उजुरी पर्ने गरेका छन् ।

काउन्सिलले दर्ता सूचीकृत भएका सञ्चारमाध्यमलाई सामाजिक सञ्जालबाट त्यस्ता सामग्री सम्प्रेषण भएको अवस्थामा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पनि पत्राचार गरेको छ ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले टेकपानासँग कुरा गर्दै मिडियाअन्तर्गत आवद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल)बाट आचारसंहिता विपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, घृणास्पद अभिव्यक्ति लगायतका भ्रमपूर्ण सामग्री हटाउन निर्देशन दिइएको बताए ।

“काउन्सिलमा दर्ता भएका मिडियालाई हामीले हाम्रो तरिकाले पत्राचार गरेका छौं,” उनले भने, “तर दर्ता नभएका सामाजिक सञ्जालका पेज तथा युट्युब च्यानलमाथि थप अनुसन्धान गरी कारवाही गर्न साइबर ब्यूरोमा पत्राचार गरिएको छ । योभन्दा पहिले पनि ३५ ओटा मिडियालाई निगरानीमा राखेर पत्राचार गरेका थियौं । त्यसको एउटा सिरिज मात्र हो यो । त्यसमा दुर्गा प्रसाईं सम्बन्धी भिडिओ पनि छन्, अनि अन्य अश्लील भिडिओ, हिंसा मच्चाउने भिडिओ पनि छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?