२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

भोलि अत्यावश्यक काम बाहेक बाहिर नआउन ट्राफिक प्रहरीको आग्रह

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले भोलि (बिहीबार) अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कन आग्रह गरेको छ ।

उसले भोलि विभिन्न समूहले र्याली तथा विरोध प्रदर्शन गर्ने भएकाले आवगमनमा असहजता सिर्जना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले यस्तो सूचना जारी गरेको हो । नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले भोलि काठमाडौं उपत्यका केन्द्रित विरोध प्रदर्शन गर्दैछ ।

युवा संघले सरकारको बेथितिविरुद्धमा विरोध प्रदर्शन गर्ने दाबी गरेको छ भने प्रसाईं समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका लागि विरोध प्रदर्शन तयारी गरेको छ । दुई समूहबीच एकैदिन विरोध प्रदर्शन हुने भएपछि काठमाडौं र ललितपुरले विभिन्न स्थानमा निषेधज्ञा जारी गरेको छ । प्रशासनले युवा संघलाई काठमाडौंको तिनकुने र प्रसाईँ समूहलाई बल्खुमा कार्यक्रम गर्न स्थान तोकिदिएको छ ।

ट्राफिक प्रहरीले सवारी साधन लिएर निस्किनुअघि १०० र १०३ मा फोन गरेर बुझ्नसमेत आग्रह गरेको छ । ‘तपाईंको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्नसक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौं,’ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?