५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

‘हामी माओवादीमै छौँ, पाटीबाट स्वार्थपुरा गरेपछि अर्को पार्टीमा थप तर मार्न हाम्रो नाम राखियो’

कञ्चनपुर, मंसिर ३ : मंसिर महिना शुरुवात भएकै दिन नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता कृष्णदत्त जोशी(बोक्सर)ले पाटी परित्याग गरेको घोषणा गरे ।

डा.कृष्णदत्त जोशी(बोक्सर) स्वतन्त्र समुहको लिष्टमा आफ्नो नाम राखेर बदनाम गरेको भन्दै कतिपय नेता कार्यकर्ताहरुले खण्डन गरिरहेका छन ।

उनीहरुले एकल तथा संयुक्त रुपमा प्रेस नोट जारी गर्दै आफुहरु माओवादीमै रहेको र कसै व्यक्तिले माओवादी भए बाफत लाभको पद लिएको, थुप्रै अवसर पनि लिईसकेपछि थप चाहे जस्तो अवसर नपाईने भएकाले अर्को पार्टीमा गएर तर मार्नका लागि आफुहरुको नाम जोडेको भन्दै आपत्ति जनाएका छन । शिक्षक नेता मनिराम सार्की चन्द्र सिह धामी, पूर्ण ब. मल्ल,लक्ष्मण प्रशाद शर्मा, श्याम सुनार सहितका भीमदत्त नगरका केही माओवादी नेता कार्यकर्ताहरुले पाटीमा हुँदा चारैतिर अवसर लुट्ने त्यहाँबाट तर नमर्ने भएपनि विचार तिलान्जली लिएर अर्कोतिर ढल्किने अवसरवाद समुहले नाम राखेर बदनाम गरेको भन्दै खण्डन गरेका छन ।

बोक्सरले पाटी परित्याग गरेपछि माओवादी सहितका नेता कार्यकर्ताहरुले माओवादी भए बाफत महाकाली अस्पतालको अध्यक्ष भएर काम गर्ने मौका पाएको र ०७९को चुनावमा भीमदत्त नगरको उपमेयरको टिकट पाएपनि पाटीप्रति सराप्दै जानु निन्दनिय भएको बताएका छन । युद्धदेखि लागेका साथीहरुले अवसर नपाएपछि बोक्सरले थुप्रै लाभका पददेखि राजनीतिक जिम्मेबारी पाएपनि पाटीमाथि गुनासै राख्नै लाज लाग्नुपर्ने टिप्पणी गरेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव प्रदेश कमिटि सदस्य बिरेन्द्र बिसीले पाटी प्रवेस तथा त्याग वैयक्तिक स्वतन्त्रता भएपनि आफुले परित्याग गर्दा सबैले त्याग गरेको भनेर नक्कली प्रेस नोट जारीले स्वयम राजनीतिककर्मीको विवेक झक्किने बताए । उनले बाहिर समाजिक सञ्जालमा आएजस्तै सबैले परित्याग नगरेको दावि गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?