६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

छठको पूजा गर्न ३ सय घाट निर्माण

दमक । छठ पर्वका लागि दमकमा यसवर्ष झण्डै तीन सय पूजास्थल (घाट) निर्माण गरिएका छन् । मैथिली सेवा समितिको आयोजनामा संस्थागत रुपमा मनाइँदै आएको छठमा गत वर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ । गतवर्ष यहाँ २ सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण गरिएका थिए ।

छठमा पछिल्लो समय रुची र सहभागिता बढ्दै गरेका कारण यस वर्ष नेपालीको साझा चाडका रुपमा लिएर घाट सङ्ख्या पनि बढाइएको मैथिली सेवा समिति, दमकका अध्यक्ष कृष्ण साहले बताए । उनले भने, ‘अब यो सबै नेपालीको साझा पर्व हो ।’

दमक–७ स्थित रतुवा नदीको घाटमा एकैठाउँमा छठ पूजाका लागि पण्डालसहितको घाट निर्माण गरिएको छ । विपन्न र असहायलाई २५ घाट निःशुल्क प्रदान गरिने व्यवस्था मिलाइएको अध्यक्ष साहले जानकारी दिए । ‘पैसा नभएर आफ्नो संस्कार संस्कृति मनाउनबाट कोही वञ्चित हुनु नपरोस् भनेर घाट तयार गरेका छौँ’, उनले भने।

छठस्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरको नगर प्रहरीको तैनाथ गरिएको छ । यहाँ ठाउँ ठाउँमा शौचालय निर्माण गरिएका छन् । मैथिली सेवा समितिले संस्थागत रुपमा २०६३ सालदेखि दमकमा छठ पर्वको सामूहिक पूजा सञ्चालन गर्दै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?