६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

तिहार सकिए पनि जुवाडे पक्राउ पर्न छोडेनन्:राइस मिलबाट ८ जुवाडे पक्राउ

कञ्चनपुर, मंसिर २ : दिपावली सकिएपनि कञ्चनपुरको महेन्द्रनगरमा लाखौँका जुवातास भईरहेका छन । २९ कार्तिकमा यस बर्षको दिपावली विधिवत सकिएको थियो । दिपावली सकिएको तेस्रो दिन भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरको एक राईस मिलबाट लाखौँ रकम सहित ८ जुवाडे पक्राउ परेका छन । यो घटना समेत दिपावली सकिएपनि जुवातास भईरहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले भीनपा ६ ऐठपुर स्थित चन्द्रदेव राईसमिलमा जुवा खेलिरहेको अवस्थामा जुवाडे सहित २ लाख, ८ हजार ४२६ रुपैया बरामद गरिएको बताए ।

प्रवक्ता डाँगीका अनुसार चन्द्रदेव राईसमिलका संचालक पारस भट्ट सहितका जुहाडे पक्राउ परेका छन । कमल भट्ट भनिने दामोदर भट्ट, खेमराज लेखक, नरेन्द्र विष्ट, नरेन्द्र जोशी, दिपक गिरी, सुरत खत्री, तिकल बैज रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । यसरी तिहारपछि पनि लाखौँको जुवातास खेल्ने खेलाउने कार्य गर्नेमाथि कार्बाहीको माग अघि सारिएको छ ।

प्रहरीले यस अघि पनि बेलाबेला दोहो¥याएर पक्राउ परेको घटनाले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन । बषौँदेखि जुवातास खेलाउने मुख्य योजनाकार पहिचान गरेर दोषि उपर कार्बाही नगरेर महेन्द्रनगरमा बर्षभरी जुवातास खेल्ने खोलाउने काम भन्दै स्थानीयले कानुनी कार्बाहीको माग अघि सारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?