२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

बरिष्ठ पत्रकार कर्णदेव भट्ट सम्मानित

कञ्चनपुर, मंसिर १ : सुदूरपश्चिम प्रदेशका बरिष्ठ पत्रकार कर्णदेव भट्टलाई सम्मान गरिएको छ । शिवधाम क्षेत्र विकास समितिले बरिष्ठ पत्रकार भट्टलाई सम्मान गरेको हो ।

शुक्रबार शिवधाम क्षेत्र विकास समितिको २६ औँ बार्षिक साधारण सभामा बरिष्ठ पत्रकार भट्टलाई प्रमाण पत्रका साथै सम्मान गरिएको छ । पत्रकार भट्टलाई शिवधाम क्षेत्र विकास समितिका अध्यक्ष हेमबिक्रम थापाले दोसल्ला ओढाएर प्रमाण पत्र हस्तान्तरण गर्दै सम्मान गरेका छन ।

पत्रकार भट्टले यस क्षेत्रका पत्रकारिता क्षेत्रबाट लामो समयदेखि समाजिक, आर्थिक, साँस्कृतिक, विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ ।
सुदूरकै जेठो तथा नेपालकै पुरानो पत्रिका फारवेष्ट दैनिकका प्रकासक एव प्रधान सम्पादक समेत रहेका बरिष्ठ पत्रकार भट्टले यस क्षेत्रको विकासमा गरेको योगदानको उच्च मुल्याङकन गरेर सम्मान गरिएको शिवधाम क्षेत्र विकास समितिका अध्यक्ष हेम विक्रम थापाले बताए । अध्यक्ष थापाले समग्र क्षेत्रकै विकासका लागि पत्रकार भट्टको भूमिका ऐतिहासिक अविस्मिरणीय भएकाले श्रष्टाहरुलाई आत्मसम्मान गरेको बताए ।

०३६ सालदेखि पत्रकारिता शुरु गरेका भट्टलाई यस अघि पनि स्वदेश तथा विदेशमा रहेका सरकारी तथा संस्थागत निजी क्षेत्रबाट सुप प्रदेशको बृद्धि विकास, मानव अधिकार एव न्यायका क्षेत्रमा भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको थियो ।

कञ्चनपुरको महेन्द्रनगरबाट प्रकासित हुने फारवेष्ट दैनिकका संचालक समेत रहेका पत्रकार भट्टले क्षेत्रको विकासका साथै सुप प्रदेशबाट अब्बल पत्रकार समेत उत्पादन गरेका थिए । अग्रज पत्रकार भट्टले यसरी समाजबाट आफुले क्षेत्रका लागि गरेको कामको मुल्याङकनले उत्साहित बनाएको बताए । पत्रकार भट्टले जिल्लादेखि केन्द्रसम्म पदाधिकारी र नेपाल पत्रकार महासंघ केन्द्रीय उपसभापतिको जिम्मेबारी निर्वाह गरिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?