३० वर्षपछि फरार प्रतिवादी पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा एक जना फरार प्रतिवादी ३० वर्षपछि पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ९ का धनबहादुर सुनार फैसलाको ३० वर्षपछि पक्राउ परेका हुन् । जिल्ला अदालत, कञ्चनपुरले कुटपिट मुद्‍दामा उनलाई २०५० फागुन १५ गते ६ महिना कैद र २ हजार जरिबाना तोकेको थियो ।

लामो समयदेखि फरार रहेका उनलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीले अदालतमा पेस गरेको थियो । अदालतले कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार कञ्चनपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?