२ पुस २०८२, बुधबार
२ पुस २०८२, बुधबार

वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन

काठमाडौँ । मंगलबार वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन भएको छ । हर्निया रोगबाट पीडित मानन्धरको उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो ।

जीवनको उत्तरार्धमा पनि साहित्य सिर्जनामा नै निरन्तर सक्रिय मानन्धरलाई बाल साहित्य रत्न उपाधिबाट सम्मानित गरिएको थियो ।

उनी नेपाली बाल साहित्यका सर्जक, प्रवर्धक, प्रकाशक,अनुवादक, अन्वेषक, प्रचारक र प्रसारक समेत थिए ।

मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत अन्य थुप्रै सम्मानहरूबाट समेत सम्मानित भएका थिए । साहित्यकार मानन्धर ९० वर्षका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?