महेन्द्रनगर । कञ्चनपुर डडेल्धुरा र अछामबाट ६९ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । कञ्चनपुरमा ४२ जना, डडेल्धुरामा ११ जना र अछाममा १६ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी रु तीन लाख पाँच हजारभन्दा बढी नगद रकमसमेत बरामद गरिएको जानकारी दिए । जिल्लाको बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट रु दुई लाख ५८ हजार नगद बरामद गरिएको छ । त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट रु २५ हजार नगद, तास र ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
यस्तै बेलौरीबाट २२ हजार नगदसहित आठलाई नियन्त्रणमा लिइएको छ । “हामीले चाडपर्वका बेला जुवा तास खेल्ने गिरोहलाई सूक्ष्म रुपमा नियाली रहेका छौँ”, प्रहरी उपरीक्षक थापाले भने,“पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारबाही गर्छौँँ ।” प्रहरीले चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागू गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका भीमदत्त नगरपालिका वडा नम्बर १८ का इन्द्र पाठक, वडा नम्बर १०का रमेश टमटा, सोही वडाका अमृत कठायत, वडा नम्बर ९ का गणेश महता, वडा नम्बर १० का कोलाल सिँह ठकुराठी, वडा नम्बर १६ का भुवन ठगुन्ना, वडा नम्बर १७ का रोहित पाल, वडा नम्बर ९ का भवनि सिँह बुढा पक्राउ परेका छन्।
यस्तै, वडा नम्बर १० का पदमबहादुर बोहरा, वडा नम्बर ११ का भक्त धामी, सोही वडाका आशिष खड्का, किशन पाल र रामदत्त भट्ट पक्राउ परेका छन्। प्रहरीका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर १७ का रामबहादुर ठकुराठी, सोही वडाका किशा ठगुन्ना, भीमबहादुर ठगुन्ना, राकेश ठगुन्ना, धनश्याम ठगुन्ना तथा वडा नम्बर ११ का रोशन विष्ट, वडा नम्बर ५ का प्रकाश लावड, वडा नम्बर १७ का सुरेन्द्र ठगुन्ना र खगेन्द्र बडवाल, वडा नम्बर ११ का रामदत्त भट्ट, सोही वडाका देवेन्द्र विष्ट र दीपक बाग, वडा नम्बर १३ का नरपति महता, दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ का करन बोहरा र डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ५ का चक्र पाल रहेका छन् । उता, अछाममा १६ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन ।
जिल्लाको ओलीगाउँ र विनायकबाट उनीहरू पक्राउ परेका हुन्। तालको खालबाट नगद ८६ हजार ८९० रुपैयाँ पनि बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मंगलसेन नगरपालिका वडा नम्बर ९ का कमल रावलको घरमा जुवा खेलिरहेको अवस्थामा सोमवार राति १ बजे ७ जनालाई नियन्त्रणमा लिइएको थियो। उनीहरूबाट नगद ५० हजार ७९० रुपैयाँ बरामद गरिएको थियो । पक्राउ पर्नेहरूमा घरधनी रावलसहित स्थानीय राजेन्द्र रावल, हिक्मत रावल, कमानसिंह ओड, प्रकाश रावल, केशर रावल र एकराज रावल रहेका छन् ।
यसैगरी, अछामकै पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ कागतोला बस्ने बलबहादुर शाहीको घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ३६ हजार एक सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। कागतोलामा पक्राउ पर्नेहरूमा घरधनी शाहीसहित कृष्णभक्त जैसी, रमेश शाही, पदम आउजी, शेरबहादुर आउजी, खकेन्द्र तिमिल्सिना, कृष्ण बुढा, हेमन्त शाही र तुलबहादुर बुढा रहेका छन्। ओलीगाउँमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मंगलसेन ल्याइएको छ भने ९ जनालाई इलाका प्रहरी कार्यालय विनायकमा राखिएको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए। उता, डडेल्धुराबाट ११ जना जुवा खालबाट पक्राउ परेका छन्।
सोमवार राति जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मौरोडास्थित धर्मराज जोशीको जस्ता पाताले छाएको बाँझो कच्ची घरबाट जुवाडे पक्राउ परेका हुन्। उनीहरूलाई सूचनाको आधारमा प्रहरीले पक्राउ गरिएको बताएको छ। पक्राउ पर्नेमा डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मौरडाका ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका छन्। त्यस्तै सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर, २६ वर्षीय दीपक विक, ४० वर्षीय सुरेश भट्ट, अमरगढी नगरपालिका वडा नम्बर २ का ३४ वर्षीय दिनेशराज भट्ट र ३४ वर्षीय दीपक भण्डारी रहेका छन् ।