काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ खरिदमा १३३ रुपैयाँ ४ पैसा र बिक्रीतर्फ १३३ रुपैयाँ ६४ पैसा हुँदा डलर नेपाली बजारमा इतिहासकै उच्च विन्दुमा स्थिर भएको छ ।
यस्तै, आजका लागि युरो खरिदमा १४२ रुपैयाँ १६ पैसा र बिक्रीमा १४२ रुपैयाँ ८० पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६२ रुपैयाँ ९३ पैसा र बिक्रीमा १६३ रुपैयाँ ६७ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८४ रुपैयाँ ८१ पैसा र बिक्रीमा ८५ रुपैयाँ २० पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७८ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९८ रुपैयाँ २८ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ७७ पैसा र बिक्रीमा ८ रुपैयाँ ८१ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ २५ पैसा र बिक्रीमा १८ रुपैयाँ ३३ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६३ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७० पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३८ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ २६ पैसा र बिक्रीमा २८ रुपैयाँ ३९ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ ६ पैसा र बिक्रीतर्फ १० रुपैयाँ ११ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ ७३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ६७ पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३५४ रुपैयाँ ४४ पैसा तय गरिएको छ।