२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

आजको मौसम : उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना

काठमाडौं । आज तीनवटा प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, वागमती र गण्डकीका उच्च हिमाली भेगमा हिमपातको सम्भावना देखिएको हो।

देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेकाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्‍न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

पश्‍चिमी वायुको प्रभावका कारण आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सफा रहनेछ। कोशी, वागमती र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति कोशी, वागमती र गण्डकीको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। यस्तै, उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?