डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा १३ वर्षीय बालकको मृत्यु भएको छ ।
आदर्श गाउँपालिका वडा नम्बर ५ को लामखालमा कच्ची सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१००२ त ५३९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १३ वर्षीय प्रशान्त सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक २४ वर्षीय प्रेम ठकुल्लालाई जिल्ला जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।














