११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार
spot_img

गाजा पट्टीमा प्यालेस्टिनी अस्पतालहरूले गरे सेवा बन्द

गाजा । इजरायली आक्रमणका कारण अत्यावश्यक वैकल्पिक जेनेरेटरहरू समेत सञ्चालन गर्न इन्धनको अभाव भएपछि उत्तरी गाजा पट्टीमा प्यालेस्टिनी अस्पतालहरूले सेवा बन्द गरेका छन् ।

इजरायली आक्रमण र इन्धन सकिएको कारण अल-अहली अस्पताल बाहेक सबै अस्पतालहरू सेवा प्रदान गर्न असमर्थ भएका छन्,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-केद्राले उल्लेख गरेका छन् ।

अल-शिफा मेडिकल अस्पतालमा जेनेरेटर अभाचका कारण पाँच नवजात शिशु र सात अन्य बिरामीको मृत्यु भएको मन्त्रालयका प्रवक्ताले बताएका छन् । मिर्गौला डायलासिसका बिरामीको उपचार गर्न नसक्दा थुप्रै विरामीको ज्यान जान सक्ने अवस्था रहेको पनि उनले उल्लेख गरेका छन् ।

आइतबार प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले गाजा शहरको अल-कुड्स अस्पताल इन्धन अभाव र बिजुली कटौतीको कारणले सञ्चालन बन्द गरेको बताएको छ ।- रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?