काठमाडौं– काठमाडौं उपत्यकाको काँठ क्षेत्रसहित धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, गोरखा, उदयपुरलगायतका जिल्लाबाट काठमाडौं उपत्यकामा सयपत्री फूल बिक्रीका लागि ल्याइएको छ।
ती फूलहरूको कृषक तथा व्यवसायीले यस वर्षको दिपावलीमा उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन्।
रङ्गीचङ्गी बत्ती र फूलैफूलको उत्सवका रुपमा परिचित तिहारका अवसरमा अत्यधिक प्रयोग हुने सयपत्री फूलले यस वर्ष बजार नपाउँदा किसान तथा व्यवसायी निराश भएका हुन्।
ब्यापारी भन्छन्” वाहिरबाट फुल आयात भएकोले नेपालि फूलले बजार पाएन , त्यस माथि महानगरको निर्णय मान्छे नै नहुने ठाउमा फूल बेच्न लगाएकोले पनि हामी घाटमा गएको हो । ”














