१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

नमुना संसद पचालझरना आयोजना हुँदै

नयाँ युवा नयाँ सोच नेपालको आयोजना तथा पचालझरना गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाइ व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १५ देखी २४ बर्ष उमेर समुहका करिब ८० जना युवाहरु को सहभागीतामा नमुना संसद पचालझरना २०८० पहिलो संस्करण यहि मंसिर ८ र ९ गते वडा नम्बर ३ को कार्यलय खार्दुमा आयोजना हुने भएको छ ।

संस्थाका कालिकोट जिल्ला संयोजक अम्मराज ऐडिका अनुसार नयाँ युवा नया सोच नेपालका केन्द्रिय कार्यक्रम संयोजक विनोद खत्रीको नेतृत्वमा काठमाडौ बाट प्रशिक्षकहरु आएर सहभागीहरुलाइ संसद एवं संसदीय अभ्यास बारे ८ गते प्रशिक्षण गराउने छन् भने ९ गते नमुना संसद सञ्चालन हुनेछ जसमा सहभागीहरुलाइ स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक लगायत विभिन्न जिम्मेवारी प्रदान गरि संसद अधिवेशन आह्वान हुँदै शून्य समय, विषेश समय तथा विधेयक पेश गरि त्यस उपरको सैद्धान्तिक छलफल, दफाबार छलफल, संसोधिन पेश हुँदै पारित सम्मको प्रक्रिया हुनेछ ।

वि.सं २०७४ सालमा स्थापित नयाँ युवा नयाँ सोच नेपालले आफ्नो ४ कार्यक्षेत्र मध्ये “शैक्षिक-बौद्धिक” कार्यक्षेत्र अन्तरगत रहेर स्थापना कालदेखि नै नियमित रुपमा यस्ता कार्यक्रमहरु देशव्यापी रुपमा विध्यालय स्तरिय, नगर स्तरिय, जिल्ला स्तरिय एवं प्रदेश स्तरिय रुपमा आयोजना गरिरहेको अध्यक्ष मुकुन्द दिप मडैले बताएका छन् ।

यस प्रतियोगितामा उत्कृष्ट बहसकर्ता, उत्कृष्ट अनुसन्धानकर्ता एवं उत्कृष्ट नेतृत्वकर्ता गरि ३ विधामा सहभागीहरुलाइ पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?