काठमाडौँ । नेपाल संवत् नयाँ बर्षका अवसरमा शनिबार काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले वसन्तपुरमा सांस्कृतिक अर्केष्ट्रा प्रस्तुत गरेको थियो ।

पर्यटन महाशाखा प्रमुख श्रीजु प्रधानका अनुसार महानगर स्वर्णिम योजनाको‘सांस्कृतिक महानगर’कार्यक्रम कार्यान्वयन गर्दै अर्केष्ट्रा प्रस्तुत गरिएको हो । साथै‘डवली पुनरुत्थान कार्यक्रमअन्तर्गत परम्परागत रुपमा सामाजिक क्रियाकलाप हुने गरेका डवलीहरुमा मौलिक प्रस्तुति तथा प्रदर्शनी गर्ने गरिएको छ ।’यसै क्रममा बसन्तपुरको दश अवतार मन्दिर र डवलीमा कार्यक्रम गरिएको हो ।














