२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

२०औं काग सम्मेलन काठमाडौंको रत्नपार्कमा सम्पन्न

काठमाडौं । कागको आवाज निकालेर कागको सम्मेलन गर्दै आएका रमेश दुलालले यसपटक पनि २०औं काग सम्मेलन काठमाडौंको रत्नपार्कमा सम्पन्न गरेका छन्।

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाइएको हो। यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबिज खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाईएको छ। काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरू भएको छ ।

आजदेखि भाइटीकासम्म नेपालीले दशैँपछिको दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन्। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा–मीठा खान दिई खुशी पार्ने गरिएको पनि उनले थपे। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ।

काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ। “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससँग पनि तिहार पर्व गाँसिएको छ। यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा आज साँझ यमदीप दान गर्ने प्रचलन छ।

बिहान पहिलो प्रहरमै कागलाई मीठा-मीठा चिजबिज खान दिएर सम्मान गरिन्छ। यसैगरी आजै आयुर्वेदका प्रवर्तक धन्वन्तरिको जन्मजयन्ती पनि मनाइँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?