उपरथी अशोकराज सिग्देल प्रधानसेनापतिको रोलक्रममा

काठमाडौं । नेपाली सेनाका वरिष्ठ उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएसँगै अर्का उपरथी अशोकराज सिग्देल प्रधानसेनापतिको रोलक्रममा आएका छन् ।

रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। छानबिनकै सिलसिलामा उपरथी पाण्डेले बिहीबार राजीनामा दिएका हुन् ।

उपरथी पाण्डेले दिएको राजीनामा सैनिक मुख्यालय जंगी अड्डाले शुक्रबार रक्षा मन्त्रालयमा पठाएको थियो । बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो साता अवकाशमा गएसँगै एक वर्षपछि नेपाली सेनामा नयाँ प्रधानसेनापति को बन्ने भन्ने टुंगो लागेको थिएन ।

वरिष्ठताका आधारमा उपरथी पाण्डे नयाँ प्रधानसेनापतिको दाबेदार थिए । तर उमेरमाथि प्रश्न उठेपछि सेनाभित्रै छानबिन अघि बढ्यो । यहीबेला पाण्डेले राजीनामा दिएपछि अब नयाँ बन्ने प्रधानसेनापतिको लाइनमा उपरथी सिग्देल आएका हुन् । पाण्डेले राजीनामा दिएपछि उपरथी सिग्देल सेनामा वरिष्ठ उपरथी भएका छन् । रिक्त रथी पदमा उनी बढुवा भएमा एक वर्षपछि उनी प्रधानसेनापति बन्नेछन् । सैनिक सेवा नियमावली अनुसार नेपाली सेनामा वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गरिन्छ ।

जंगी अड्डाले पाण्डेलाई रथीमा बढुवा सिफारिस गर्दै गत असोज ३० मा ७ दिने उजुरी आह्वान गरेको थियो । उनको जन्ममिति २०२१ र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएका छन् । सैनिक स्रोतका अनुसार आफूमाथि उठेका प्रश्नलाई लिएर पाण्डेले सेनाभित्र आफ्नो दस्ताबेजमा २०२३ सालकै जन्म रहेको र सबै दस्ताबेजमा एउटा उमेर रहेको दाबी गरेका छन् ।

प्रधानसेनापति शर्माको ३ वर्षे कार्यकाल अर्को वर्षको भदौ २४ मा सकिँदै छ । त्यसपछि वरिष्ठताका आधारमा अब सिग्देल नै प्रधानसेनापति बन्ने छन् । सिग्देल २०७६ असोज १७ गते उपरथी दर्जामा पदोन्नति भएका हुन् । उनीसँगै गोकुल भण्डारी उपरथीमा बढुवा भएका थिए । तर भण्डारी अवकाशमा गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?