४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

एटिएम मेशिन फोडेको आरोपमा एक जना पक्राऊ

पोखरा । कास्की प्रहरीले एटिएम मेशिन फोडेको आरोपमा एक नागरिक पक्राऊ परेका छन् ।

प्रहरी द्धारा पक्राऊ पर्नेमा भारतको मोतीहारी जिल्ला फेनरा पञ्चायत ग्राम ढांका बजारका २० वर्षीय बबि ठाकुर हुन् ।

पोखरा -८ स्थित सभागृह चोकमा रहेको नबिल बैंकको एटिएम फोडिरहेको अवस्थामा बुधबार मध्यरातमा ठाकुर पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी राजेन्द्र श्रेष्ठले नेपाल अहिलेलाई जानकारी दिए ।

फलामको रडले ढोकाको लक फोडेर भित्र पसी पैसा चोरी गर्न मेशिन समेत तोडफोड गर्दै गरेको अवस्थामा पौने एक बजेको समयमा ठाकुरलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए ।

डिएसपी श्रेष्ठका अनुसार आफ्नै नेतृत्वमा खटिएको गस्ती टोलीले तोडफोड गर्दै गरेको अवस्थामा ठाकुरलाई देखेपछि उनी भाग्ने प्रयास गरेका थिए ।

ठाकुरलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्ने क्रममा निजले पोखरा -९ नयाँ बजारमा बबि ठाकुर सैलुन सञ्चालन गर्दै आएको खुल्न आएको डिएसपी श्रेष्ठले बताए ।

प्रहरीले घटनास्थलबाट मेशिन फोर्न प्रयोग गरेको फलामको रड एक थान,पेचकस एक थान, भाँचिएको अवस्थाको कपाल काट्ने कैँची एक थान र ढुङ्गा एक थान बरामद गरेको छ ।

ठाकुरलाई चोरी उद्योग मुद्दामा अदालतबाट म्याद थप गर्ने गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?