कञ्चनपुर ,कार्तिक २२ : जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले गत सोमबार देखि सुरु गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सडकमा जेब्रा क्रसिङको लागि पेन्टिङ गर्ने , सडक छेउमा दुर्घटना कम गर्न जनचेतनामूलक होर्डिङ बोर्ड राख्ने कार्य गरेको छ । ट्राफिक प्रहरी कञ्चनपुरले बुधबार जिल्लाको महेन्द्रनगर बजार क्षेत्रमा बोर्ड राख्ने र पैदल यात्रीका लागि सडकमा जेब्रा क्रसिङ राख्ने कार्य गरेको हो ।
होडिङ बोर्ड राख्दै ट्राफिक प्रहरी कञ्चनपुर
कञ्चनपुर जिल्लाका ट्राफिक प्रहरी प्रमुख नरेश विकले सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सडक छेउमा जनचेतना अभिवृद्धि गर्न मद्दत पुग्ने खाले बोर्डहरु राखिएको बताए । पैदल यात्रीहरुले जताततै ठाउँबाट सडकमा बाटो काट्दा दुर्घटनाको सम्भावना भएका कारण सडकमा जेब्रा क्रसिङ राख्ने कार्य समेत गरेको उनको भनाइ छ । ट्राफिक सप्ताह कार्यक्रम २०८० बाट आम सरोकारवाला निकायलाई सकारात्मक सहयोग पुग्ने आशा रहेको ट्राफिक प्रहरी प्रमुख विक बताउँछन् ।
जेब्रा क्रसिङ राख्दै ट्राफिक प्रहरी कञ्चनपुर
ट्राफिक सचेतना अभीवृद्धि गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ कार्तिक २० गते बात सुरु भएको यो कार्यक्रम कार्तिक २६ गते सम्म जारी रहने छ ।