काठमाडौं । सशस्त्रका विवादास्पद एसपी नानीराम हुमागाईं बढुवा सिफारिसमा परेका छन् । इन्जिनिरिङतर्फको एसएसपीका लागि ई. नानीराम हुमागाईंको सिफारिस गरिएको हो ।
मासिक अतिरिक्त २ लाख भन्दा बढी रकम लिने गरेको उजुरीमा उनी दोषी देखिएको सशस्त्र प्रहरी स्रोतले जनाएको थियो ।
सो सिफारिसविरुद्ध चित्त नबुझे २१ गतेभित्र उजुरी दिन सकिनेसमेत सशस्त्रले जनाएको छ ।
सशस्त्र प्रहरीमा जनशक्ति अभाव भइरहेको भन्दै तत्कालीन महानीरिक्षक शैलेन्द्र खनालले गृहमन्त्रालय र अर्थमन्त्रालयमा प्रस्ताव गरिरहँदा सशस्त्रकै केही कमाण्डरहरुले तोकेको स्थानमा डिउटी नखटाउने र भएकैलाई घर बिदा छाड्ने गरेका गुनासा आएपछि मुख्यालयले त्यस्ता स्थानमा छड्के जाँच गर्न थालेको थियो ।
अहिले सो यान्त्रिक कार्यशालामा शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा सशस्त्र प्रहरीले प्रयोग गर्ने ५४ वटा महँगा सवारी साधन पनि छन् । ती साधन दैनिक २ लिटर इन्धन राखी स्टार्ट गर्नुपर्छ । अरू ६ वटा ठूला सवारीसाधनलाई दिनहुँ ३ लिटर इन्धन राखी स्टार्ट गरेर तन्दुरुस्त राख्नुपर्ने हुन्छ । यस्तोमा पनि घोटाला हुने गरेको थियो ।
गाडी स्टार्ट गर्न नै दैनिक प्राप्त हुने १२६ लिटर इन्धन सदुपयोग भन्दा बढी दुरुपयोग हुने गरेको थियो । तीन दिनमा एकपटक गाडी स्टार्ट गर्दा मासिक २० दिनको इन्धन बचत हुन्छ । दैनिक १२६ लिटरका दरले २० दिनको २५२० लिटर इन्धन सित्तैमा लिने गरेका छन् ।
मुख्यालयले गाडीको मर्मतसम्भार शीर्षकमा वार्षिक ४२ लाख रुपैयाँ पठाउने गरेको थियो । तर,०७४ सालदेखि खासै मर्मत गरिएको छैन । उनीमाथि छानबिन गरेका शाहले दोषी ठहर गरी विभागीय कारबाहीको सिफारिस गरेका थिए । उनै एसपी हुँमागाईलाई बढुवा सिफारिस गरिएको छ ।
दृष्टि न्युज बाट