कञ्चनपुर , कार्तिक २० : कञ्चनपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजबाट सप्ताहव्यापी “सडक सुरक्षा तथा ट्राफिक सप्ताह २०८०” कार्यक्रमको उदघाटन तथा प्रभातफेरी गरेको छ । सोमबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको प्रमुख आथित्यतामा , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाको अध्यक्षतामा १ हप्ता चल्ने ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक अभियानको महेन्द्रनगर ट्राफिक प्रहरी कार्यालयमा उदघाटन गरीएको हो । उदघाटन पश्चात कार्यक्रममा सहभागीहरुले महेन्द्रनगरको बजार क्षेत्रमा प्लेकार्ड , ब्यानर सहित प्रभातफेरी पनि सम्पन्न गरेका छन ।
उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोपालले सडक दुर्घटनालाई न्यूनीकरण गर्न सबैमा सचेतना अभिवृद्धि गराउनु पर्नेमा जोड दिनुपर्ने रहेको बताए । सवारी दुर्घटना नहुन दिनका लागि सबै सरोकारवालाले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न आबस्यक रहेको उनको भनाइ छ ।
ट्राफिक सचेतना अभीवृद्धि गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ आजबाट सुरु भएको यो कार्यक्रम कार्तिक २६ गते सम्म चल्ने कञ्चनपुर ट्राफिक प्रहरी प्रमुख नरेश विकले बताए । उदघाटन तथा प्रभातफेरी कार्यक्रममा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
ट्राफिक प्रहरीले सप्ताहव्यापी चाल्ने कार्यक्रमको यस्तो छ तालिका :