१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

तारा बरालसँग बिहे गर्ने कागज गरेका चन्दले बिहेको कागजलाई बताए फेक

काठमाडौं । तारा बरालसँग बिहे गर्ने कागज गरेका चन्दले त्यो लिगल डकुमेन्ट होइन, बिहे गर्ने योजना पनि छैन भन्दै सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।

अभियन्ता तारा बरालसँग बिहे गर्ने कागज गरेका नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले आफ्नो बिहे गर्ने योजना नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्लै बिहे गर्ने योजना पनि नरहेको बताएका छन् ।

केही दिन अगाडि बरालसँग बिहे गर्ने सहमति भएको कागज सामाजिक सञ्जालबाटै सार्वजनिक भएको थियो । तर,चन्दले भने त्यो कागजमा आफ्नो नाम हालिएको र त्यो लिगल डकुमेन्ट नभएको जिकिर गरेका छन् ।

चन्दले फेसबुकमा लगातार स्टाटस लेख्दै बिहे नगर्ने बताएका छन् । उता बरालले चन्दको स्टाटसमा कमेन्ट गर्दै यस्तो कुरा नगर्न भनेकी छिन् ।

उनले चन्दको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छिन्, ‘अनरगल वहाना बनाउँदै मलाई फसाउँदै गरेकोमा बच्चाजस्तो फेसबुकबाट नानाथरी आफ्नै बेइजत गर्नेहोइन,कानुनी निकायमा आफैँ उपस्थित हुनुस् सर यदि यो पोष्ट आफैँ गरेकोभए,मलाई फेरि मुद्दाकै सल्लाह गर्ने भनेर बोलाएर म बाँच्दिन भन्दै कागज गराएर,वकिलले म कागज लेख्दिन भन्दा हजुरले नै मेरो नाममा लेखिमात्रै दिनुस् भनेर म सिकाउँछु भनेर ,नयाँ कपडा खोजेर २ जनाको मात्रै फोटो हाल्ने ,प्रेसमिट गर्ने,२र३ जनालाई पव्लिकमा बाढी बगाइदिनुछ अहिल्यै भन्नुभा हैन ? मैले प्रेसमिट गर्न नमानेपछि फेसबुकमा त हालेरै छाड्ने भन्नुभयो,हजुरले हालेको पोष्ट बढि ओभर देखिन्छ भनेर मैले डिलिटगर्न लगाएको सबैले देखेकोहैनरुमैले फोटो खिच्न नमानेपछि सञ्जयदाइहरु सहित राखेर खिचेको हैन ? मलाई पटकपटक बोलाएर किन व्ल्याकमेलिङ सररु हजुरको इज्जत ठूलो भयो या आफैँ सिद्दिदै हुनुहुन्छ बिचार गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (67%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?