२ साउन २०८१, बुधबार
२ साउन २०८१, बुधबार

नितुको न्यायको लागि सबैले आवाज उठाई दिन परिवारको अनुरोध

काठमाडौं । अनुहारमा आएको एलर्जी निको गर्ने औषधि प्रयोग गर्दा नितु दुलालको मृत्यु भएको छ । अनुहारमा आएको एलर्जीको औषधि भनेर डाक्टरको सल्लाह अनुरूप प्रयोग गरेको औषधिले उनको निधन भएको हो ।

अनुहारमा आएका एलर्जी चेक जाँच गर्न जादा रगत र एलर्जी परिक्षण बिना नै MINOCIN र ACNETRATE औषधी लेखेर दिएपछि ती औषधी खाएकी र केही दिनपछि ज्वरो, खोकी लाग्न थालेपछि पुन त्यहीं ख्वप अस्पतालमा लिएर जाँदा त्यहीं MINOCIN / ACNETRATE नै औषधी निरन्तर खान लेखी दियो त्यो दिनको अस्पतालको प्रेस्कीप्सनमा डा. नितु मानन्धर नाम लेखेको पाइयो वहाँ छालाको डाक्टर पनि होइन रहेछ साथै फिजिसियन पनि देखाउन भनियो अनि देखाइयो ।
आफन्तहरूको भनाई छ ।

टाइफाईड र ज्वरोको लागि औषधी मात्रै लेखिदियो । ती डाक्टरहरुले लेखि दिएको औषधी खाएर निको हुनुको साटो बान्ता हुने, वाक्कवाक्क हुने, ज्वरो आएर गाह्रो हुन थालेपछि मिति २०८०।४।१४ मा बिहानै ४:०० बजेतिर ख्वप अस्पतालमा इमर्जेन्सीमा लिएर गएपछि तत्काल भर्ना गरियो । भर्ना भएर उपचार हुँदै गर्दा नितुको हालत झन झन खराब हुँदै गएपछि उनलाई B&B र त्यसपछि पाटन हस्पिटल लागिएको थियो ।

तर उनलाई बचाउन नसकिएको आफन्तले बताए । Drug reaction with Eosinophilia and systematic symptoms (DRESS) लाई मृत्युको कारण भनेको छ । जिउका छाला सबै जलेर अत्यन्तै पिडा र कष्टदायी मृत्यु भएको थियो ।

नितुको पिता माता र दिदी : राध्येश्याम दुवाल, गीता दुवाल र कविता दुवाल को भनाई “नितुको अकाल मृत्युबरणले पुर्याएको अतुलनिय क्षतिको भरपाई भनेकाे दोषीलाई सजाय हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?