१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

WHO को दक्षिण–पूर्वी एसियामा क्षेत्रीय निर्देशक पदका लागि निर्वाचन हुँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि आज निर्वाचन हुँदै छ ।

उक्त पदमा नेपाल र बंगलादेशका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ। नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ ।

उनीसँग बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले प्रतिस्पर्धा गर्नेछिन् । प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले उनका लागि बंगलादेश सरकारले कूटनीतिक लबिइङमा जोड दिएको छ ।

डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटीको बैठक नयाँदिल्लीमा सोमबारदेखि सुरु भएको हो । यही बैठकले नयाँ क्षेत्रीय निर्देशकको पनि चयन गर्नेछ । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय दिल्लीमा छ । यसअन्तर्गत ११ देश सदस्य छन् ।

हाल क्षेत्रीय निर्देशक पदमा भारतका डा। पुनम खेत्रपाल सिंह छिन् । उनले दोस्रो कार्यकाल पूरा गर्दै छिन् । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भुटान, उत्तर कोरिया, भारत, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स,म्यान्मार,श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे छन् । ११ सदस्य राष्ट्रहरूमध्ये यसपटक म्यान्मारले मत दिन पाउने छैन । त्यहाँ सैनिक शासन रहेको र संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले म्यान्मारले मतदान दिन नपाउने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?