महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा

काठमाडौं,१४ कार्तिक । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी पुगेका छन् ।

नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनी पुगेका हुन् ।

उनलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले स्वागत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली बिहानै लुम्बिनी पुगेका छन्।

पोखरामा रहेका महासचिव गुटेरेस त्यहाँबाट सिधै लुम्बिनी आएर आजै काठमाडौं फर्कनेछन्। उनले आज अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?