२ साउन २०८१, बुधबार
२ साउन २०८१, बुधबार

उपत्यकामा ट्राफिक कारबाही तीव्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ।

नियम उल्लंघन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ५२७ चालकलाई कारबाही गरिएको छ।

सोमबार बिहानदेखि आज बिहान ६ः०० बजेसम्ममा मापसे गरेर सवारी चालाउने मात्रै ७५ जना चालकलाई कारबाही गरिएको बताउनुभयो । यस्तै लेन मिच्ने २१, रेडलाइट क्रस गर्ने १२, अनावश्यकरूपमा हर्ज बजाउने १७, नम्बरप्लेट नराखी सवारी चलाउने १५ र तीव्रगतिमा गाडी चलाउने ३२१ जना चालक कारबाहीमा परेका छन्।

प्रवक्ता भट्टका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा एक हजार ५२७ जना चालकलाई कारबाही गरेको जानकारी दिए। प्रहरीले यसरी नियम मिच्दा दुर्घटनाको जोखिम हुने भएकाले नियमसम्मतरूपमा सवारीसाधन सञ्चालन गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?