८ जेष्ठ २०८२, बिहिबार
८ जेष्ठ २०८२, बिहिबार

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस आइपुगे नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । आफनो चार दिने भ्रमणका लागि उनी शनिबार राति १ः०० बजे नेपाल आइपुगेका हुन् ।

नेपालको चार दिने औपचारिक भ्रमणका लागि गए राती आइपुगेका उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा नेपाल आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतसँग शान्ति प्रक्रिया र जलबायु परिवर्तनका बारेमा छलफल गर्नेछन् । उनले आज अपरान्ह १ः१५ बजे पछि प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भेटबार्ता गर्नेछन् ।

यस भ्रमणको क्रममा महासचिव गुटेरेस स्याङबुचे जानेछन भने पोखरासहित अन्नपुर्ण पदमार्ग पुग्ने र लुम्बिनीमा शान्ति ध्यान गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?