१३ माघ २०८१, आइतवार
१३ माघ २०८१, आइतवार

जिप्रका हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।

यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका प्रहरी भट्टराईले यसपटक पनि रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि गृहमन्त्रालयद्वारा उनी निलम्बनमा परेका हुन् ।

उक्त आरोप लागेसँगै उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । हाल भट्टराईको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

डीएसपी भट्टराईको २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?