काठमाडौं । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने ३७ वर्षीय मोहन कोइराला पक्राउ परेका छन् ।
बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघ – सस्थाहरुमा गई आफूलाई अख्तियारको कर्मचारी बताउँदै ठगी गरेको सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका – १२ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका – २० राँझामा डेरा लिई बस्ने कोइरालालाई अख्तियार कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई निगरानी गरी पक्राउ गरेको हो ।
सोधपुछका क्रममा उनले उल्टै प्रहरीलाई गाली गलोज गरेको समेत प्रहरीले जनाएको छ । कोइरालाईले कसैलाई भ्रममा पारी ठग्न खोजेमा प्रहरीमा खबर गर्न समेत जिल्ला प्रहरी कार्यालय बाँकेले अनुरोध गरेको छ ।



