प्रधानसेनापति प्रभुराम शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आज (शुक्रबार) जनवादी गणतन्त्र चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा दशौँ बेइजिङ स्याङ्सन फोरममा सहभागी हुन प्रधानसेनापति शर्मा चीन प्रस्थान गरेका हुन्।

एक साता चीन भ्रमणका क्रममा प्रधानसेनापति शर्माको चिनियाँ जनमुक्ति सेनाका प्रमुखसहितका अधिकारीहरुसँग भेटवार्ता हुने जंगी अड्डाले जनाएको छ।
चीनमा रहँदा प्रधान सेनापतिले ग्रेट वाल लगायत बेइजिङस्थित महत्वपूर्ण पर्यटकीय स्थलहरुको पनि भ्रमण गर्नुका साथै चीनका लागि नेपालका राजदूतले आयोजना गर्ने रात्रीभोजमा पनि सरिक हुने कार्यक्रम छ।

बेइजिङ प्रस्थान गर्नु अघि प्रधान सेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले बिदाइ गरेका छन्। त्यसक्रममा शर्मालाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी, प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत लगायतको सहभागिता छ। प्रधान सेनापति शर्माको अनुपस्थितिमा बलाध्यक्ष रथी सिताराम खड्काले कायममुकायम प्रधान सेनापति भई कार्यभार सम्हाल्ने जंगी अड्डाले जनाएको छ। प्रधानसेनापति शर्मा कात्तिक १६ गते स्वदेश फर्किने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?