२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

जनयुद्धको आधारथलो रुकुम पुगे प्रचण्ड, ‘प्रचण्डपथ’ ब्युँताउने चाहना

काठमाडौं । नेकपा माओवादी केन्द्र तत्कालीन ‘नेकपा (माओवादी)’को विचारधारा ‘प्रचण्डपथ’ थियो । तर, शान्ति प्रक्रियामा आएसँगै माओवादीले प्रचण्डपथ त्याग्यो ।

माओवादीले प्रचण्डपथ त्यागेको दुई दशक पुग्न लाग्यो । यस विषयमा पछिल्लो समय खासै बहस हुँदैन । तर, दुई दशकपछि जनयुद्धका सुप्रिमो तथा हालका प्रधानमन्त्री प्रचण्डले पुनः एक पटक प्रचण्डपथलाई बहसमा ल्याएका छन् ।

जनयुद्धको उद्गम थलो रुकुम पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रचण्डपथलाई पुनः बहसमा ल्याएका हुन् । शहीद स्मृत खेलकुद तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन रुकुम पुगेका प्रचण्डले अझै पनि प्रचण्डपथको सान्दर्भिकता रहेको संकेत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले विगतमा प्रचण्डपथकै कारण सबैलाई केन्द्रीकृत र एकीकृत गर्न सकेको भए पनि प्रचण्डपथ त्यागिएपछि अनेकता देखिएको बताए । अध्यक्ष प्रचण्डले भने– ‘विचारको प्रश्न सबैभन्दा माथि हुन्छ । पहिला प्रचण्डपथ थियो, त्यसले हामी सबैलाई केन्द्रीकृत र एकीकृत गरेका थियौँ । अहिले अलिकति अनेकता देखिएको छ । फेरि हामी विचार संश्लेषण गर्छौ र नयाँ विचारसहित अगाडि जान्छौँ ।’

माओवादी हाल मार्क्सवाद, लेनिनवाद र माओवाद विचारधारामा अघि बढिरहेको छ । रुकुम पुगेर प्रचण्डले राखेको धारणालाई आधार मान्ने हो भने माओवादीले यो विचारधारा समेत संश्लेषण गर्ने सम्भावना देखिन्छ । उनले त्यहाँ भनेका छन्, ‘…. फेरि हामी विचार संश्लेषण गर्छौ र नयाँ विचारसहित अगाडि जान्छौँ ।’

प्रचण्डले विचारधारामा संश्लेषण गर्ने र नयाँ विचारसहित अगाडि बढ्ने बताए पनि यसै धारणाको अघिल्लो पंक्तिमा ‘प्रचण्डपथकै कारण सबैलाई केन्द्रीकृत र एकीकृत गर्न सकेको भए पनि प्रचण्डपथ छोडेपछि समस्या आएको’ बताएका छन् । यसैलाई आधार मान्ने हो भने नेपाली कम्युनिस्ट आन्दोलनमा पुनः एक पटक प्रचण्डपथबारे विमर्श हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?