१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार
spot_img

आफ्नै छोरीको हत्या गर्ने प्रयास गरेको अभियोगमा आमा पक्राउ

लमही । दाङको लमहीमा आफ्नै छोरीको हत्या गर्ने प्रयास गरेको अभियोग लागेपछि आमा पक्राउ परेकी छन् । पक्राऊ पर्ने ती महिलाले आफ्नै छोरी १६ दिने (नवजात शिशु) को हत्या गर्ने प्रयास गरेको आरोप लागेको हो ।

लमही नगरपालिका-७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

‘घरपछाडि लगेर तरकारी काट्ने चक्कुले छोरीको घाँटी रेटी रहेको अवस्थामा निर्माका देवरले देखेपछि जोगाएको भन्ने कुरा आएको छ,’ एसपी केसीले भने ‘१६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत छ र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी छ ।’ शिशुको अवस्था गम्भीर रहेको पनि प्रहरीले बताएको छ । जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नै शिशुलाई बुटवल रिफर गरिएको थियो ।

‘चिकित्सकहरूले सुत्केरीपछि कतिपय आमाहरू डिप्रेसनमा पुग्न सक्ने कुरा अवगत गराएका छन्,’ एसपी केसीले भने ‘प्रहरी नियन्त्रणमा रहेकी आमाले मानसिक स्वास्थ्यमा समस्या देखिएको जस्तो व्यवहार प्रदर्शन गर्ने गरेको कुरा आएको छ ।’
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले पनि प्रहरी थुनामा राखिएकी निर्मामा मानसिक समस्याका लक्षणहरू देखिएको हुँदा उपचारका लागि पठाउने बारे भन्ने छलफल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?