त्रिदेशीय टी–ट्वान्टी एकदिवसीय क्रिकेटमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने

काठमाडौँ । त्रिदेशीय टी–ट्वान्टी एकदिवसीय क्रिकेट सिरिजमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ बजे काठमाडौँको मूलपानी मैदानमा सुरु हुनेछ ।

एक खेलअघि नै त्रिदेशीय सिरिजको फाइलमा स्थान बनाइसकेको नेपाल समूह चरणको अन्तिम खेलमा अपराजित यात्रालाई कायमै राख्ने उद्देश्यमा छ ।

यस्तै, यूएई पनि आजको खेल जित्दै फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । आजको खेल हारेको अवस्थामा युएईले हङकङको खेल कुर्नुपर्नेछ । हङकङ र यूएईबीचको अर्को खेल बुधबार हुनेछ ।

नेपाल यसअघिका तीन खेलमध्ये दुईमा हङकङ र एकमा युएईलाई हराउँदै फाइनलमा पुगिसकेको छ । हङकङ भने प्रतियोगितामा जित विहीन छ ।

सिरिजको फाइनल खेल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?