३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा विमारीलाई समस्या

तुलसीपुर । दाङको तुलसीपुरस्थितमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि उक्त अस्पताल २०७२ सालदेखि एम्बुलेन्सविहीन भएको हो । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।

निजी एम्बुलेन्सले महँगो शुल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राही टेकराज भण्डारीले बताए ।

अस्पतालको रा१झ ११३ नं को एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा पदमराज अधिकारीले बताए । पटक–पटक बिग्रिने र बनाउँदा पाँच÷सात लाख खर्च हुने भएकाले पनि उक्त एम्बुलेन्सलाई थन्काएर राख्नु परेको उनको भनाइ छ ।

‘पटक–पटक बिग्रिरहन्छ, एम्बुलेन्सको मूल्यभन्दा बढी मर्मतमै खर्च हुने देखियो’, उनले भने, ‘त्यसैले पनि हामीले अहिले यसलाई थन्काएर राख्नुपर्ने अवस्था आएको छ ।’

यसलाई अवधि पुगेमा लिलामी गर्नेतर्फ आफूहरुले ध्यान दिएको अस्प्तालका स्टोर प्रमुख रेश्मीराज अधिकारीले बताउ । उनले भने, ‘अन्य संस्थाहरुका एम्बुलेन्स पनि पर्याप्त छन् । त्यसैले पनि हामीले बनाउनुभन्दा अवधि पुगेमा लिलामी गर्नेतर्फ ध्यान दिएका छौँ ।’ २०६६ सालमा उक्त एम्बुलेन्स खरिद गरिएको थियो ।

यसलाई अवधि पुगेमा लिलामी गर्नेतर्फ आफूहरुले ध्यान दिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बताए । सुपरिटेन्डेन्ड डा अधिकारीका अनुसार सबै ठाउँबाट एम्बुलेन्सको विवरण माग गरेको छ भने विवरण आएमा चल्न सक्नेलाई मर्मत गरेर सञ्चालन गर्ने र नचल्नेलाई लिलामी गर्नतर्फ प्रदेश सरकार अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?