काठमाडौं । वैध नेतृत्वको क्रान्तिकारी नेकपाका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत गएराति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गाडीको ठक्कर दिएपछि घाइते भएको चौधरीलाई उपचारका लागि सिसहनियाँ स्वास्थ्य चौकी पु¥याएको थियो । तर, उनलाई मृत घोषणा गरेका थिए । बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।