२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

एनआरएनए को अध्यक्ष पदमा डा. बद्री केसी विजयी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् । विहिवार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

डा. केसीले १३७८ मत, शर्माले १२८१ मत र श्रेष्ठले १२२५ मत प्राप्त गरे । काठमाडाैंस्थित होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा ६ उपाध्यक्षमा डा. हेम राज शर्मा ९२२६५०, रोविन शेरचन ९२१८००, रामशरण सिम्खडा ९१५५२०, खगेन्द्र न्यौपाने ९१३५७०, राज रेग्मी ९१९००० र डा. विनोद श्रेष्ठ ९१५६०० निर्वाचित भए ।

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् । सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन् । यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए । सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे ।

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरि उपविजेता भए । यस्तै उपमहासचिवमा सोम सापकोटा ९१७९०० र प्रविन गुरुङ ९२१५०० विजयी भए ।यस्तै ६ सचिव पदमा भिम केसी कमल ९१६७३०, डा. ज्ञानेन्द्र रेग्मी ९१७८२०,मनोज कुमार श्रेष्ठ ९२०२४०, डा. नवराज रोस्यारा ९१८५३०,पारमणी पोखरेल ९१६५१० र स्वतन्त्र प्रताप शाह ९१६६६० विजयी भएका छन् ।

यस्तै महिला सचिवमा टिक गुरुङ, राधिका ९२३२०० विजयी भइन् । सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन्। संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरे ।

यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना ९२०१५०, अभिमन्यू बस्नेत २०८१० र तिलक प्रसाद गैरे ९२२३२० मत प्राप्त गरेर विजयी हासिल गरे। यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन्। उनीकी प्रतिद्धन्द्धी तृष्णा शर्माले १५२२ मत प्राप्त गरिन्। यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन् ।

सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन्। यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?