५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

गाउँपालिका अध्यक्षकाे गाडी सिक्ने क्रममा दुर्घटना

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानलकाे गाडी सिक्ने क्रममा दुर्घटना भएको छ । अध्यक्ष मोक्तान मङ्गलवार गाडी सिक्ने क्रममा प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरकाे गाडी (जीप) दुर्घटनामा परेकाे हाे ।

अध्यक्ष मोक्तानले कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीकाे चाबी चालकसँग मागेर आफैँले चलाएर स्वास्थ्य चौकी टोकरपुरसम्म लगेका थिए । उनले त्याे गाडी स्वास्थ्य चौकीबाट फर्काएर कार्यालय परिसरमा ल्याएर पुन : परिसरबाट बाहिर निकाल्ने क्रममा दुर्घटनामा परेको बताईएको छ । गाडी दुर्घटनामा परे पनि अध्यक्ष माेक्तानलाई भने चोट लागेको छैन ।

अध्यक्ष मोक्तानले गाडी निकाल्दै गर्दा अकस्मात् एक्सिलेटर दबाउँदा हुत्तिएर पालिकाको भवनमुनि रहेकाे चिस्यान केन्द्रको भवन नजिकै ठोकिएकाे थियो । गाडी ठाेकिँदा अगाडिकाे भागमा क्षति पुगेकाे छ । अहिले त्याे गाडीलाई चालकले त्रिपाल ओढाएर राखेका छन् । गाडी दुर्घटनामा परेपछि अध्यक्ष माेक्तान अर्कै गाडी लिएर काठमाण्डाै जानुभएकाे गाउँपालिकाका एक कर्मचारीले बताए ।

गाउँपालिकाको गाडी चलाउन पालिकाले नै चालक भर्ना गरेर राखे पनि चालक अनुमति पत्र विना नै अध्यक्ष मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेकाे र त्याे गाडी मर्मतको खर्च पालिकाले बेहाेर्छ कि अध्यक्ष माेक्तानले बेहाेर्छन् भन्दै सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले प्रश्न साेधेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?