२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

सोलार जडान भएपछि चेपाङ परिवारमा खुसी

काठमाडौं, २ कात्तिक । दसैँको बेलामा मकवानपुर, राक्सिराङ–७ का ५६ वर्षीया सेतीमाया प्रजाको मुहारमा खुसी छाएको छ । दशकौँदेखि टुकी बत्तीको साथमा जीवन बिताइरहेका प्रजा परिवारमा सोलार जडानले खुसी थपेको हो । टुकीको साथका पढ्ने लेख्नेका साथै घर भान्छा तयार गर्ने गरेको बताउँदै सेतीमायाले भनिन्, “अब घरभरि झिलीमिलीबत्ती बल्नेछ ।”

डोको लिएर सोलार लिन पुगेका घिराङ निवासी सूर्यबहादुर प्रजाले घरमा सोलार जोड्ने भएपछि आफू ज्यादै खुसी भएको बताए । चाडपर्वको मुखमै घर उज्यालो हुने भएकाले आफूमात्र नभई परिवार सबैमा खुसी छाएको उनले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजितरु चार लाख रकमबाट सोलार खरिद गरेर बुधबार एक कार्यक्रमको आयोजना गरी वितरण गरेको हो । वडा नं ७ को घिराङ, तामराङ, आइवेनी क्षेत्रका २७ घरधुरीलाई एक–एक सोलार सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङको वडा नं ७ र ९मा अझै बिजुली बत्ती नपुगेको अध्यक्ष मल्लले बताए ।

चितवनको राप्ती नगरपालिकासँग जोडिएको घिराङ र लामराङ विकट क्षेत्र पर्दछ । उपभोक्ताको दुई हजार र पालिकाको १४ हजार गरी १६ हजार मूल्य लागतमा सोलार सेट प्रदान गरिएको हो । पाँचवटा बत्ती, मोबाइल चार्जिङ र रेडियो बज्न सक्ने क्षमताको सोलार सेट प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । सोलार उपभोक्ताको घरमा पालिकाले नै फिटिङ गरिदिएको हो । – file photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?