दार्चुला । दार्चुलामा चरेससहित दुई जना पक्राउ परेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका-८ पस्तिबाट १ किलो ६ सय ग्राम चरेससहित बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्जल बोहरा र सोही ठाउँका २८ वर्षीय रामबहादुर बोहरा पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट १ किलो ६ सय ग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित उनीहरुलाई पक्राउ गरेको हो ।