२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलि बाट खसी बोकाको मूल्य निर्धारण गर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि भोलि मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ ।

कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० मा बिक्री गर्नेछ । सो मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् ।

कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया आज मात्रै काठमाडौँ ल्याइएको हो । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?