धनगढी , असोज २९ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले देश अप्ठयारोमा भएको माओवादीले काध थाप्ने बताएका छन् । उनले सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चा नेपाल , सुदुरपश्चिम प्रदेशको सन्देश सभालाई सम्बोधन गर्दै देश असफलता र संकट तिर फसेको बेला त्यसको समाधान माओवादी ,कम्युनिस्टले दिने बताएका हुन् ।
अहिलेको वर्तमान परिवेशमा राज्य सत्ता प्रति जनता जसरी निरास बन्दै गएका छन् उनीहरुलाई निरास हुन् नदिन समाजवादी मोर्चा नेपालले भूमिका खेल्ने उनले बताए । समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै विप्लवले नेपालमा नेपाली विशेषताको समाजवाद स्थापना गर्ने लक्ष्य सहित स्थापित मोर्चाले युगीन कार्यभार सम्हालेको बताए । देशको राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै युवाहरुलाई विदेश गएर नभई देशमै बस्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । अहिले सत्तालाई जनताको नेतृत्व सहितको समाजवादी व्यवस्थामा बदल्न सबैले दृढ भएर लाग्नुपर्ने विप्लवले जिकिर गरे ।
सन्देश सभामा चारै पार्टीका मुख्य नेताहरुले सम्बोधन गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सहित केही महिना अगाडि समाजवाद स्थापनार्थ समाजवादी मोर्चा नेपालको गठन गरिएको थियो । अहिले मोर्चाका सातै प्रदेशका संदेश सभा सम्पन्न भएका छन् । आज सुदुरपश्चिम प्रदेशमा अन्तिम संदेश सभा सम्पन्न गरिएको छ ।