५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

भक्तपुरमा नवरात मेला सुरु

काठमाडौं । दशैं सुरु भएसँगै भक्तपुरमा नवरात (नौ राते) मेला सुरु भएको छ। आज बिहान दशैंको पहिलो दिन आइतबार ब्रम्हायणीमा मेला सुरु भएको हो।

प्रत्येक वर्ष दशैंको घटस्थापनासँगै नौ राते मेला सुरु हुन्छ। आज भक्तपुरको ब्रह्मायणीसँगै विभिन्न शक्तिपीठमा भक्तजनको भीड छ। रातको समयमा मेला लाग्ने भएकोले स्थानीयहरु यसलाई नवरात अर्थात् नौ राते मेला भनेर बुझ्ने गर्दछन्।

बिहान पनि मेला लाग्छ तर बिहानको तुलनामा साँझको समयमा मेला भर्नेको संख्या धेरै हुन्छ। साँझमा बाजागाजाका साथ टोलटोलबाट भक्तजनहरू सहभागी हुने गर्दछन्।

नवरातको नौ दिन नौ छुट्टाछुटै शक्तिपीठमा बिहान र साँझ दिनमा दुई पटक मेला लाग्ने गर्छ। यसअनुसार पहिलो दिन भक्तपुरको ब्रम्हायणीमा मेला लाग्छ। अन्तिम दिन पनि यही ठाउँमा मेला लाग्छ।

परम्पराअनुसार पहिलो दिन ब्रम्हायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौं दिन बाराही, छैटौं दिन इन्द्रयाणी, सातौं दिन महाकाली, आठौं दिन महालक्ष्मी, नवौं दिन त्रिपुरासुन्दरी र अन्तिम दिन अर्थात् विजया दशमीको दिन फेरि ब्रम्हायणीमा मेला लाग्ने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?