२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

सूर्योदय सहकारीले सञ्चालनमा ल्यायो सुपथ मूल्य पसल

कञ्चनपुर , असोज २८ : कञ्चनपुरमा श्री सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । आईतबार जिल्लाको भीमदत्त १८ मा मल खाद्य तथा बीउ विजन बिक्री वितरण गर्ने उद्देश्य सहित सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

भिडियो :

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहोराले सो पसलको उदघाटन गरेका थिए । प्रमुख बोहोराले सहकारीले कम मूल्यमै गुणस्तरीय बीउ विजन उपलब्ध गराउने भए पछि त्यसबाट जनताले लाभ लिन सक्ने विश्वास व्यक्त गरे । सहकारीले सुपथ मूल्यमूल्यमा समान उपलब्ध गराउने कार्यलाई कुनै समय विशेष नभएर निरन्तर सञ्चालन गर्नुपर्ने तर्फ जोड दिए ।

सहकारीका अध्यक्ष इश्वरी प्रसाद खरेलले आफ्नो संस्थाको साधारण सभाले गरेको निर्णय बमोजिम सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको बताए । कृषकलाई कम मुल्यमा गुणस्तरिय समान उपलब्ध गराउने र उत्पादन लाई बढवा दिने मुख्य उदेश्यका साथ सुपथ मूल्य पसल खोलिएको हो , खरेलले भने । उनले बजारको सामान्य मूल्य भन्दा सुपथ पसलमा सस्तो हुने बताए । उनले भने ,“हामीले प्रिन्ट मूल्य राख्दैनौं खरिद मूल्यमा नाफा नखाई समान बिक्री गर्छौ ।”

आज बाट सञ्चलानमा आएको उक्त पसल आगामी दिनमा निरन्तर चल्ने जनाएको छ । मौसम अनुसार लगाइने बालीनालीहरुको बीउ बिजन उपलब्ध हुने पनि सहकारीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?